इटालीको टापुमा डुङ्गा पल्टिँदा ४१ जना आप्रवासीको ज्यान गयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन २४, इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ ।
दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाएको छ । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् ।
एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको खबरमा उल्लेख छ ।
अवैध आप्रवासीका लागि प्रमुख ुट्रान्जिटु मानिने ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर इटालीको लाम्पेडुसा टापुबाट एक सय ३० किलोमिटर टाढा रहेको छ ।
यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक हजार आठ सय जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पछिल्ला दिनहरूमा इटालियन तट रक्षक र सामाजिक संस्थाहरूले लाम्पेडुसा पुगेका दुई हजार जना मानिसको ज्यान बचाएका छन् ।