केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उडिरहेको विमान भित्रै रक्सी मागे पछि आकस्मिक अवतरण

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, एजेन्सीको सहयोगमा  –  एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरिन् । आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् ।

झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले जहाज नै डाइभर्ट गरी आकस्मिक अवतरण गराउनुपर्‍यो ।

यो घटना अमेरिकामा भएको हो । अमेरिकाको हस्टनबाट लस एन्जल्सका लागि उडेको युनाइटेड एयरलाइन्सको विमान आकाशमै रहेको बेला एक महिला यात्रु र विमान कर्मचारीबीच झगडा परेको थियो ।

ती महिला यात्रुले पिउनका लागि वाइन दिन माग गरिरहेकी थिइन् जबकि विमान कर्मचारीले उनलाई आफ्नो सिटमा बस्न अह्राइरहेका थिए । सोही कुरामा उनीहरुबीच विवाद भयो।

ती महिलाको विमान कर्मचारीहरुसँगको विवादले उग्र रुप लिएपछि पाइलटले सो विमानलाई बीचबाटै डाइभर्ट गर्न बाध्य भए । विमानलाई फिनिक्स सहरमा लगेर अवतरण गराए ।

उक्त घटनाको विषयमा युनाइटेड एयरलाइन्सले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘जुलाई २५ मा महिला यात्रुले ह्युस्टनबाट उडान भरेकी थिइन् । उनले विमान कर्मचारीको निर्देशनको पालना गर्न अस्वीकार गरिन् । जसका कारण विमानमा विषम परिस्थिति उत्पन्न भयो । हातपात नै भएपछि लस एन्जल्स जानुपर्ने विमान फिनिक्सतर्फ मोड्नु परेको थियो ।’

सोसल मिडियामा समेत सो घटनाको भिडियो सार्वजनिक भएको छ, ‘जसमा ती महिला यात्रु र विमान कर्मचारीबीच विवाद भैरहेको देखिन्छ । विमान कर्मचारीले उनलाई पटकपटक सिटमा बस्न चेतावनी दिन्छन् तर उनी मानिरहेकी छैनिन् । त्यसैक्रममा केही यात्रुहरुले ती महिलालाई शान्त गराउने कोसिस गर्दछन्, तर उनी अरु यात्रुसँग नै भिड्छिन् ।

ती महिलाले जहाज चढ्नुअघि नै मादक पदार्थ सेवन गरेको एकजना यात्रुले बताएका छन् । जहाज अवतरण भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विमान चढ्न अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित : 9 August, 2023

प्रतिक्रिया दिनुहोस्