सुनचाँदीको भाउ घट्यो
सहयात्रा टिभी
काठमाडौं । साउन २६, नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको भाउ घटेको जनाएको छ ।
सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो।
आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ छ । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँ थियो। हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको थियो।
यस्तै, आज चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।