महानगरले कपनको खहरे खोल्न चलायो डोजर

सहयात्रा टिभी

काठमाडौं । साउन २६, काठमाडौं महानगरपालिकाले कपनको खहरे खोल्न खोलामा डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

काठमाडौं महानगर( ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको उनले बताए ।

महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।

शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।

 

 

प्रकाशित : 11 August, 2023

प्रतिक्रिया दिनुहोस्