निजी विद्यालय सञ्चालकहरूले घोषणा गरेको आन्दोलन फिर्ता
सहयात्रा टिभी
काठमाडौं । साउन २६, निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् ।
शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।
मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयक २०८० विरुद्ध विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गरेका निजी विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताउनुभयो ।