केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्ने

सहयात्रा टिभी

काठमाडौं । साउन २७, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ । वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित : 12 August, 2023

प्रतिक्रिया दिनुहोस्