सुन तस्करीको शंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सहयात्रा टिभी

काठमाडौं । साउन २७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्तापहिले नियन्त्रणमा लिइएको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्।

प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार उनीहरूलाई शुक्रबारै रिहा गरिएको हो। उक्त प्रकरणमा उनीहरूलाई शुक्रबार बिहान अध्यागमन विभागले चीन जान लागेको बेला विमानस्थलबाटै पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरू सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको जिम्मा लगाएको थियो।

राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो। पछिल्लो समय सुन तस्करीको विषयमा विभिन्न चिनियाँ नाकरिकहरूमाथि प्रहरीले उच्च सतर्कता बढाउँदै आएको छ।

प्रकाशित : 12 August, 2023

प्रतिक्रिया दिनुहोस्