केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा

सहयात्रा टिभी

काठमाडौँ । साउन २८, फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी विश्वकपमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

क्वार्टरफाइनलका अन्तिम दुई खेलमा हिजो अस्ट्रेलियाले फ्रान्सलाई पराजित गरेको थियो भने इंग्ल्याण्डले कोलम्बियालाई हराउँदै अन्तिम चारमा उक्लिएको थियो ।

अब मंगलबार र बुधबार एक एक वटा सेमिफाइनल खेल हुने छन् । मंगलबार स्पेन र स्विडेन आमनेसामने हुने छन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे न्युजिल्याण्डमा हुनेछ । यसैगरी अस्ट्रेलिया र इंग्ल्याण्डबीचको सेमिफाइनल खेल सिड्नीमा बुधबार नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

प्रकाशित : 13 August, 2023

प्रतिक्रिया दिनुहोस्