स्रोत जुटाउन नसक्ने विद्युत आयोजनाको पीपीए खारेज गर्न सक्ने सिफारिस

सहयात्रा टिभी

काठमाडौं । साउन २८, तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १ सय मेगावाट भन्दा माथिका सबै प्रारुपका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ ।

विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस गरेको हो ।

सो प्रतिवेदनले १ सय मेगावाट भन्दा माथिका सबै आयोजनाको पीपीए सम्पन्न भएको तीन वर्षसम्म स्रोत जुटाउन नसक्ने तथा वित्तीय वयवस्थापन हुन नसके नेपाल विद्युत प्राधिकरणले पीपीए खारेज गर्न सक्ने सिफारिस गरेको हो ।

१ सय मेगावाट भन्दा कम क्षमताका सबै आयोजनाको हकमा भने २ वर्षसम्म वित्तीय व्यवस्थापन गर्न नसके पीपीए खारेज गर्न सिफारिस गरिएको छ । पीपीए खारेजसँगै आयोजनाको लागि राखिएको बैंक जमानत समेत जफत गर्न सिफारिस गरिएको छ ।

पीपीए खारेजीसँगै यस्ता आयोजनाको सर्वेक्षणरउत्पादन अनुमति पत्र समेत खारेज गर्न समितिले सिफारिस गरेको छ ।

प्रकाशित : 13 August, 2023

प्रतिक्रिया दिनुहोस्