नेप्से दोहोरो अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २८, साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले वृद्धि भएर २०८०.८६ को विन्दुमा बन्द भएको छ ।

नेप्से गत बिहीबारको तुलनामा ०.७१ प्रतिशतले वृद्धि भएको हो । मौद्रिक नीतिपछि लगातार गिरावट भएको सेयर बजारमा गत सातादेखि देखिएको सुधारले आइतबार पनि निरन्तरता पाएको छ ।

गत साता सार्वजनिक भएको वाणिज्य बैंकहरूको अपरिस्कृत वित्तीय विवरणपछि लगातार घटेको वाणिज्य बैंकहरुको सेयरमूल्य आइतबार भने बढेको छ । बैंकिङ उपसूचक १.०७ प्रतिशतले वृद्धि हुँदा नेपसे बढ्न सहयोग पुगेको हो ।

प्रकाशित : 13 August, 2023

प्रतिक्रिया दिनुहोस्