जापानको अर्थतन्त्रमा अपेक्षा भन्दा राम्रो सुधार
काठमाडौ । साउन ३०, पछिल्लो ३ महिनामा जापानको अर्थतन्त्रमा अपेक्षा भन्दा राम्रो सुधार देखिएको छ ।
यस अवधिमा जापानको मुद्रा पनि बलियो बनेको छ ।
विश्वको तेस्रो ठूलो अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ६ प्रतिशतको दरको वृद्धि देखिएको छ । जापानको अर्थतन्त्रमा हाल देखिएको वृद्धि अर्थविद्हरुको प्रक्षेपणभन्दा दोब्बर हो ।
अर्थतन्त्र सुधारको प्रमुख मापन कुल ग्राहस्थ उत्पादनबाट हुने गर्छ । यसले व्यापारको बढोत्तरी र जनशक्ति थपमा सघाउ पुर्याउँछ भने सरकारलाई पनि कर र खर्च निर्क्यौलमा सहयोग पुर्याउँछ ।
जापानका कार निर्माता कम्पनी टोयोटा, होण्डा, निशानको नाफा पनि ह्वात्तै बढेको छ भने निर्यातका लागि पनि धेरै नै माग बढेको छ । जापानको अर्थतन्त्रलाइ पर्यटनले पनि साथ दिएको छ ।
सरकारले सीमामा लगाएको प्रतिबन्ध अप्रिलको अन्त्यबाट खुकुलो बनाएसँगै पर्यटकको आवागमनमा नपनि वृद्धि भएको छ । कोरोना महामारीपछि खस्किएको पर्यटनमा जुनको अन्त्यसम्म ७० प्रतिशत सुधार भएको तथ्यांक छ ।
कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखिएसँगै कामदारको तलव वृद्धिमा पनि २८ वर्ष यताकै तीव्र वृद्धि देखिएको छ । तर मुद्रास्फीति चार दशक यताकै उच्च रहँदा जापानमा मजदुरीमा भने गिरावट छ ।