भिरबाट लडेर दुई जनाको मृत्यु

सुर्खेत । साउन ३१, भिर बाट लडेर हुम्ला र रुकुम पश्चिममा गरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला ताजाकोट गाउँपालिका–४ का कर्ण ढकाल र मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ वर्षीय कालीबहादुर खत्री रहेका छन् ।
ढकाल सोही गाउँको पुनलोटे भिरमा घाँस काट्न गएको थिए । उनको सोही भिरबाट लडी भिरमै अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
खत्रीको सोलाबाङ बजारबाट घरतर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो । उनी २ सय मिटर तल खसेका थिए ।