सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।

छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बुधबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुको बैठक बसेको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

 

 

प्रकाशित : 16 August, 2023

प्रतिक्रिया दिनुहोस्