धुलिखेलमा ट्रक र मोटरसाइकल आपसमा ठोक्कीदा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, अरनिको राजमार्ग अन्तरगत धुलिखेल अरनिको होटेल अगाडि मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नं.को मिनिट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७२८८ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान धर्मवती गाउँपालिका ७ बस्ने वर्ष २७ का सुरज गिरी रहेका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

हिजो मंगलबार पनि अरनिको राजमार्ग अन्तर्गत बनेपा १३ भैंसेपटीमा मोटरसाइकल दुर्घटना हुँदा धुलिखेल ८ का अभिषेक न्यौपानेको मृत्यु भएको थियो ।

 

 

प्रकाशित : 16 August, 2023

प्रतिक्रिया दिनुहोस्