सार्वजनिक लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । साउन ३२, आज संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्न लागेको हो ।

जसअनुसार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहान ११ बजे बैठक बस्नेछ । यस्तै, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । यस्तै, प्रतिनिधिसभा अन्तर्गतकै सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।

प्रकाशित : 17 August, 2023

प्रतिक्रिया दिनुहोस्