थारु समुदायको गुरही पर्वमा कैलारीमा सार्वजनिक बिदा दिइने

सहयात्रा टिभी

कैलाली । साउन ३२, कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय बिदा दिने भएको छ ।

गुरही पर्व थारू समुदायको विशेष पर्व हो । सो पालिकामा थारू समुदायको बस्ती उल्लेख्य रहेकाले स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले जानकारी दिए । उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय बिदा दिएको उनको भनाइ छ ।

प्रकाशित : 17 August, 2023

प्रतिक्रिया दिनुहोस्