पोखरामा निर्माणाधीन होटेल ‘बाराही सेदी’ले आइपीओ जारी गर्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन ३२, पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल ‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने भएको छ ।

पोखरा, काठमाडौं र चितवनमा ‘बाराही’ ब्राण्डमा होटेल तथा सिरोर्ट सञ्चालन गरिरहेको बाराही हस्पिटालिटीले नयाँ लक्जरी होटेल निर्माण गर्न लागेको कम्पनीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।

पोखराको फेवातालको दक्षिणी मोहडा नजिक निर्माणाधीन होटेलको ४६ प्रतिशत काम सकिइसकेको कम्पनीले जानकारी दिएको छ ।

थापाका अनुसार यो होटेलमा कुल ६ अर्ब लगानी हुने अनुमान छ । यसमा सर्वसाधारणको समेत स्वामित्व रहने गरी कम्तीमा १० प्रतिशत आइपीओ जारी गर्ने योजना रहेको समेत उनले बताए । ‘हामी यो होटललाई सन् २०२६ सम्म सञ्चालनमा ल्याउँछौं,’ उनले भने ।

होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहने भएको छ । १० प्रतिशत आइपिओ जारी गर्ने र ३९ प्रतिशत प्रमोटर सेयर संकलन भइरहेको उनले जानकारी दिए ।

 

प्रकाशित : 17 August, 2023

प्रतिक्रिया दिनुहोस्