नेप्सेमा एकल अंकको सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौँ । साउन ३२, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ ।

सोमबारदेखि लगातार ३ दिन घटेको नेपसे बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको छ । बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २.५३ प्रतिशतले वृद्धि भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.२५ प्रतिशतको सामान्य वृद्धि भएको हो ।

नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम घटेर डेढ अर्बमा झरेको छ । पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो । बिहीबार कारोबार रकम अझै घटेर १ अर्ब ५४ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ ।

 

प्रकाशित : 17 August, 2023

प्रतिक्रिया दिनुहोस्