फिल्म ‘जुलेबी’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन

काठमाडौँ । साउन ३२, अभिनेत्री सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘जुलेबी’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।
गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा सुरक्षाले यौनकर्मी पात्रको भूमिका निर्वाह गरेकी छन्, जसको कथा रत्नपार्कसँग जोडिएको छ ।
‘जुलेबी’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन् भने कार्यकारी निर्माता नवीन भट्ट हुन् ।
फिल्ममा सुरक्षाका साथै उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापालगायत कलाकारले अभिनय गरेका छन् ।