कोशी प्रदेशको बैठक अनिश्चित हुदा सांसदहरु अलमलमा

काठमाडौँ । भदौ ४, कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको जानकारी प्राप्त भएको छ ।
सभामुखको जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै बिहान काठमाण्डौतर्फ लाग्नुभएको छ । उहाँ विराटनगरबाट काठमाण्डौतर्फ लागेपछि सांसदहरु अलमलमा परेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो ।
उपसभामुख दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । तर, उपसभामुख नै अनुपस्थित भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेन् ।
सत्तारुढ गठबन्धन आजको बैठक स्थगित गर्ने पक्षमा छ । तर, स्थगित हुँदा कसले स्थगित गर्ने भन्ने पनि अन्योल छ ।