कोशीका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने तयारी

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने तयारी भएको छ ।

प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने योजना अन्योलमा परेको थियो ।

तर कोशी प्रदेशको सत्ता गठबन्धन बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो ।

आजको बैठक कोशी प्रदेश सभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले सञ्चालन गर्नुहुने छ।

उपसभामुख दनुवार र अध्यक्ष मण्डलका सदस्यहरु एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित हुने भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेश सभा बैठक बस्ने भएको हो ।

उपसभामुख दनुवार पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर बिदामा बस्नुभएको छ ।

 

प्रकाशित : 21 August, 2023

प्रतिक्रिया दिनुहोस्