सुधार गृहको पछाडिको ढोका तोडेर एक सयभन्दा बढी कैदी भागे

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेका छन् ।

सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर उनीहरु भागेका हुन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

‘महिलाहरु भागेका छैनन्, केटाहरु भागेका छन् । कति भागे भन्ने यकिन भइसकेको छैन’, रिजालले भने, ‘गणना भइरहेको छ ।’

 

प्रकाशित : 21 August, 2023

प्रतिक्रिया दिनुहोस्