सुधार गृहबाट कैदी बन्दी भागेपछि प्रहरीद्धारा सुरक्षा सतर्कता

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, सानोठिमीस्थित बाल सुधार गृहबाट कैदीहरु भागेपछि उपत्यकाभरि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, हाल ८७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर कैदीहरु भागेका थिए । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

 

प्रकाशित : 21 August, 2023

प्रतिक्रिया दिनुहोस्