बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा आयो

काठमाडौँ । भदाै ६, काठमाडौँको बुद्धनगरमा आतंक मच्चाएको भैँसी बल्ल नियन्त्रणमा आएको छ । बुधबार बिहानैबाट बुद्धनगरको सडकमा देखिएको भैँसी सवा ११ बजेतिर नियन्त्रणमा आएको हो ।
उक्त भैँसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हो । भैँसी बुद्धनगरबाट शंखमुलको ज्ञान निकेतन स्कुल पुगेपछि डार्ट प्रयोग गरिएको थियो । भैँसीलाई डार्ट हान्नका लागि स्युचाटारस्थित वन कार्यालयको टोली खटाइएको थियो । काट्न भनी तयार पारिएको भैँसी भागेर स्कुलमा पसेको अनुमान गरिएको छ । भैँसी नियन्त्रणमा लिनका लागि प्रहरी, सशस्त्र प्रहरी बल र वन कार्यालयको टोली परिचालन गरिएको थियो ।