दोस्रो दिन पनि नेप्सेमा वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । भदौ ६, सेयर बजार परिसुचक नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.४७ अंकले वृद्धि हुँदा २०४५.४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेको सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर क्षेत्रले सोमबार बजारलाई लिड गरेको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले वृद्धि भएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यो साताको लगातार ३ कारोबार दिन डेढ अर्बबाट तल झरेको कारोबार रकम बुधबार भने बढेर डेढ अर्ब नाघेको छ ।

 

प्रकाशित : 23 August, 2023

प्रतिक्रिया दिनुहोस्