उद्धव थापा विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, कोशी सरकार गठनविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ।

 

प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको दाबी गर्दै परेको रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।

विश्वासको मत लिँदा सभाध्यक्षको मतसमेत जोडेर बहुमत पुर्‍याएकाले त्यो असंवैधानिक भएको भन्दै एमालेले थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गरेको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदस्य तथा कांग्रेस सांसद मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो। सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको हो।

 

प्रकाशित : 24 August, 2023

प्रतिक्रिया दिनुहोस्