प्रहरीमा जागिर लगाइदिने भनी २ लाख ठगी गर्ने व्यक्ति पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेको जानकारी प्राप्त भएको छ ।

पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–३ घर भई काठमाण्डौको चन्द्रागिरि बस्दै आएका ५८ वर्षीय नरेश गौतम रहेका छन् । उनलाई आज बिहीवार काठमाण्डौबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गौतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर जागिर लगाइदिन्छु भन्दै पटक–पटक गरेर दुई लाख रुपैयाँ लिएर ठगी गरेका थिए । पीडित युवतीले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजनकुमार गौतमले जानकारी दिनुभयो ।

प्रकाशित : 24 August, 2023

प्रतिक्रिया दिनुहोस्