बनस्थलीको विद्युत प्राधिकरणमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौँ । भदौ ८, नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

 

 

 

प्रकाशित : 25 August, 2023

प्रतिक्रिया दिनुहोस्