महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । भदाै । ९, आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि भइरहेको चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियसिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्।

समूह चरणको अन्तिम खेलमा मलेसियाँसँग पराजित भए पनि फाइनलमा पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

नेपालले लिगको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित निकालेको थियो । तर हिजो भएको लिगको अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

सिरिजको लिग चरणमा नेपाल, हङकङ र मलेसियाले समान ४–४ अंक बनाए पनि रनरेटको आधारमा नेपाल र हङकङ फाइनलमा पुगेका हुन्।

नेपाल आजको खेलमा जित हात पार्दै प्रतियोगिताको विजेता बन्न चाहन्छ। यसअघि मलेसियामै भएको पाँच खेलको टी–ट्वान्टी शृंखलामा मलेसियालाई ३–२ ले पछि पार्दै नेपालले पहिलो पटक सिरिज जितेको थियो।

आईसीसी विश्वकप एसिया क्षेत्र छनोट भदौ १४ गतेदेखि मलेसियामा सुरु हुँदैछ । तेस्रो स्थानका लागि आजै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 26 August, 2023

प्रतिक्रिया दिनुहोस्