आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्यउने प्रचण्डको दाबि

काठमाडौँ । भदौ १०, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने दाबि गरेको जानकारी प्राप्त भएको छ ।
कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनेको बताएका हुन् ।
सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ । प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए ।
कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले आज बिहान प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।