शनिबार पिकनिक गएका २ जना त्रिशूली नदीमा बेपत्ता

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, चितवनको भरतपुर महानगरपालिका-गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।

 

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ४ बजेतिर नदीमा बेपता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

 

 

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्