अन्तर्राष्ट्रिय सम्बध समितिको सभापतिमा राजकिशोर उम्मेदवार

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदेछ । बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको छ । जसपा प्रमुख सचेतक प्रदीप यादवका अनुसार यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी छ ।

 

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्