केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सञ्चय कोषद्धारा सञ्चयकर्ताको दम्पतीलाई नै स्वास्थ्योपचार सुविधा दिने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, कर्मचारी सञ्चय कोषले स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तारको तयारी गरेको छ । कोषले सञ्चयकर्ताका पति वा पत्नी  ( दम्पती )समेतलाई स्वास्थ्योपचार सुविधामा समेट्न लागेको हो ।

कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी सञ्चयकर्ताले पाउँदै आएको स्वास्थ्योपचार सुविधालाई कोषको ३१ भदौको वार्षिकउत्सव समारोहबाट विस्तार गर्ने बताउँछन् ।

चालु आर्थिक वर्षको बजेटमा कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने उल्लेख थियो ।

हाल साधारण बिरामी भएमा सञ्चयकर्ताले अस्पतालमा भएको खर्चका आधारमा १ लाख र घातक रोग लागेमा १० लाख रुपैयाँसम्म यो योजनाबाट पाउँछन् । कोषले योजना विस्तारको घोषणा परेपछि सञ्चयकर्ताको श्रीमान वा श्रीमतीले समेत यस्तो योजनाबाट लाभ उठाउन पाउनेछन् ।

 

 

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्