फिल्म ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ ।

फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ ।

योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो ।

‘केजीएफ २’ को हिन्दी संस्करणले ४३४.७० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो । अर्कोतर्फ, आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल २’ले पनि शनिबार १४.०२ करोड भारु कमाएको छ । दुई दिनमा फिल्मको कमाइ २४.७१ करोड भारु पुगेको छ ।

 

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्