नेपालका म्याक्स बस्नेत स्कटल्याण्ड बक्सिङको च्याम्पियन

सहयात्रा टिभी

काठमाडौँ । भदाै ११, नेपालका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्ड च्याम्पियनको उपाधि जितेका छन् ।

नेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सिङसँग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड पुगेका बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै सो उपाधि जितेका हुन् ।

मुलेन बक्सिङ प्रमोसनले आयर रेसकोर्स, स्कटल्याण्डमा आयोजना गरेको खेलमा स्कटीस क्रुजवेट च्यामपियन अलीस्टेअरलाई हराएसँगै नेपाली बक्सर म्याक्स बस्नेत स्कटीस क्रुजवेट च्यापियन बनेका हुन । यो सँगै म्याक्स युरोपियन बक्सिङ च्याम्पियनका लागि पनि छनोट भएका छन् ।

गत शनिवार राति स्कटल्याण्डमा सम्पन्न बक्सिङ प्रतियोगिता जितेसँगै नेपाली बक्सर अर्थात् स्कटीस क्रुजवेट च्यापियन म्याक्स बस्नेतलाई स्कटल्याण्डकै चर्चित तथा पुरानो बक्सिङ क्लब बेल एकेडेमीले आफ्नो को–सीईओमा नियुक्त गरेको छ ।

बेल बक्सिङ एकेडेमी स्कटल्याण्डका को–सीईओमा नियुक्त भएका बस्नेतले नेपालमा सम्भावना बोकेका बक्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्लेटफर्म उपलब्ध गराउने योजनामा अभ्यास गर्ने बताएका छन् ।

प्रकाशित : 28 August, 2023

प्रतिक्रिया दिनुहोस्