एमालेको प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । भदौ ११, नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

प्रदेश कमिटीको आइतबार बसेको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटी सहसचिव शैलेश लामाका अनुसार असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने उनले बताए ।

एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ ।

लामाका अनुसार सबै पालिकाबाट गरी प्रदेश अधिवेशनमा एक हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउनेछन् । प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरुलाई एकै दिन भदौ २३ गते सपथग्रहण गराउने निर्णय पनि गरेको छ ।

 

प्रकाशित : 28 August, 2023

प्रतिक्रिया दिनुहोस्