संसदमा छिट्टै निर्वाचनसम्बन्धी विधेयक पेश हुने दाबि

सहयात्रा टिभी

काठमाडौँ । भदौ ११, निर्वाचन आयोगले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ छिट्टै संसदमा पेश हुने दाबि गरेको छ ।


काठमाण्डौमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विधेयक छिट्टै संसदमा पेश हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यसअघि विभिन्न पक्ष र निकायसँग छलफल गरी विधेयक तयार पारेको र दलहरुसँग फेरि पनि छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

गएको असार १८ मा आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी छरिएका कानुन एकीकरण तथा पछिल्लो समय चुनावका क्रममा उठेका कानुनी अस्पष्टतालाई स्पष्ट गरेर एकीकृत कानुनको विधेयक स्वीकृत गरेको थियो ।

विधेयक गृह मन्त्रालयमा रहेको र मन्त्रालयमार्फत संसद्मा पेस हुने आयोगले जनाएको छ ।

 

प्रकाशित : 28 August, 2023

प्रतिक्रिया दिनुहोस्