नेप्से आज पाँच अङ्कले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । भदौ ११, नेप्से आज सोमवार पाँच अङ्कले बढेको छ । हिजो आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ५.०९ अङ्कले बढेर १९१८.४८ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे चार प्रतिशतले बढेको छ ।
आज जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।
आज कारोबार रकम तीन महिनायताकै कम भएको छ ।