उपचारत एक जना बालिकाको मृत्यु भएपछि गुल्मीमा तनाव

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त भएको छ । बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो ।

सामान्य पेट दुखेर अस्पताल ल्याइएको बालिकाको दिउँसो वान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता लागेको छैन् ।

बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाइ छ ।

अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।

अस्पतालमा तनावग्रस्त भइसकेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

 

प्रकाशित : 29 August, 2023

प्रतिक्रिया दिनुहोस्