बालिका बलात्कारको आरोपमा तनहुँमा प्रधानाध्यापक पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ।

पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।

पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।

 

प्रकाशित : 29 August, 2023

प्रतिक्रिया दिनुहोस्