जनकपुरमा विद्युत ट्रान्सफर्मर चोरीको घटना बढ्दो

काठमाडौँ । भदौ १३,जनकपुर धनुषामा पछिल्लो समय विद्युट ट्रान्सफर्मर चोरीको घटना बढेको छ ।
२४ घण्टाभित्रै धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट दुईवटा टान्सफर्मर चोरी भएको छ ।
मंगलबार राति बटेश्वर गाउँपालिका-५ शान्तिपुरस्थित खेतमा सिँचाइको लागि जडान भएको ५० केभीएको ट्रान्सफर्मर चोरी भएको हो ।
११ हजार भोल्टको तारमा सर्ट गराइ लाइन काटेर ट्रान्सफर्मर चोरी गरेको महेन्द्रनगर वितरण केन्द्रका प्रमुख रोशन सिंहले बताए ।
यसअघि सोमबार राति मात्रै मिथिला नगरपालिका-२ नक्टाझिजको हजराचोक स्थितबाट २५ केभीको ट्रान्सफर्मर चोरी भएको थियो ।
प्राधिकरण वितरण केन्द्र प्रमुख सिंहका अनुसार स्थानीय जनता माध्यमिक विद्यालयमा जडान भएको टान्सफर्मर पनि ११ हजार भोल्टमा सर्ट गरी लाइन काटेर चोरेका थिए ।
जनकपुर ढल्केवर सडक खण्डको छेउमै रहेको टान्सफर्मर चोरले भुइँमा झारेर क्वाइल चोरी गरेका थिए ।
एक साताअघि असार ७ गते राति मिथिला नगरपालिका-५ स्थित विश्रामपुरमा जडान गरिएको खानेपानीको २५ केभीको टान्सफर्मर चोरी भएको थियो ।