नेप्सेमा एकल अंकको सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौँ । भदौ १३, सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ ।

साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८२ अंकले गिरावट हुँदा १९९०.५९ को विन्दुमा बन्द भएको छ ।

बुधबार नेप्सेमा १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

बुधबार लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

१४ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकको १० करोडको सेयर कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख र लक्ष्मी सन्राइज बैंकको ३ करोड ३ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रकाशित : 30 August, 2023

प्रतिक्रिया दिनुहोस्