नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै
सहयात्रा टिभी
काठमाडौं । भदाै १४, नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङको गरिरहेको छ ।
कलालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगिताको समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।