आज एकै दिन जनैपूर्णिमा र गाईजात्रा पव मनाइदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४, आज जनैपूर्णिमा पर्व सँगै ‘गाईजात्रा’ पर्व पनि एकै दिन मनाइदै छ । वैदिक सनातन धर्मावलम्बीले नयाँ जनै धारण गरेर आज नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनैपूर्णिमा पर्व मनाएका छन् ।

साउन शुक्ल पूर्णिमाका दिन बिहानैदेखि  नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट जनै लगाउने प्रचलन छ । जनै विशेष रुपले मन्त्रिएको धागोको डोरो हो ।

साथै आज विषेश गरी तराइ तथा पहाडका अधिकांस हिन्दू धर्मावलम्बीहरूले दाजुभाइको रक्षा स्वरुप दिदी बहिनीले रक्षा बन्धन वा राखि लगाई विभिन्न उपहार आदन प्रदान गरी मनाइदै छ ।

नेपालमा विभिन्न चाडपर्व मान्ने हो भने वर्षभरिमा कुनै पनि दिन खाली हुँदैन । यस्तो विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न चाडपर्व मान्ने क्रममा जनैपूणिर्माको दिन जनै धागो लगाउने र विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ ।

मानव रक्षाका लागि भन्दै जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

त्यस्तै गरी प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

 

प्रकाशित : 31 August, 2023

प्रतिक्रिया दिनुहोस्