प्रचण्डद्धारा नेकपा एमालेभित्र ठूलो धाँजा परेक टिप्पणी

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा नेकपा एमालेभित्र ठूलो धाँजा परेको टिप्पणी गरेका छन् ।

 

बिहीबार कर्णालीको सुखेर्तमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेमा नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएर विस्फोटको स्थितिमा पुगेको बताएका हुन् ।

‘नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ । नेताहरुको विशाल पंक्ति कार्यकर्ताको विशाल पंक्ति हैरान, परेसान भएर कहिँ न कहिँ विस्फोट हुने स्थितिमा पुगेको छ’ उनले भने ।

एमालेभित्र विस्फोट भएपछि कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुने विश्वास रहेको पनि प्रचण्डले बताए । आफू नेतृत्वको सरकारले राम्रो काम गर्दै गएपछि आलोचना गर्ने केही नपाएर समाजवादी मोर्चा बन्नेवित्तिकैदेखि यसको विरोध सुरु भएको प्रचण्डले बताए ।

‘गठबन्धन, मोर्चाबाट प्रतिक्रियावादीहरुलाई खपिसक्नु भएको छैन । बनेको दिनदेखि नै यसका विरुद्ध धुप हाल्न सुरु भइसकेको छ’, उनले भने ।

 

 

प्रकाशित : 31 August, 2023

प्रतिक्रिया दिनुहोस्