विप्लवद्धारा एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा

सहयात्रा टिभी

काठमाडौँ । भदौ १५, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ ।

शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकपछि स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले जानकारी दिए ।

काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने नेता शर्माले जानकारी दिए ।

लप्सिफेँदीको कार्यक्रमको नेतृत्व उमा भुजेल र नुवाकोटको कार्यक्रमको नेतृत्व शर्माले गर्ने छन् । पूरै अभियानभर स्थायी कमिटी बैठक सदस्य

त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने उनले जानकारी दिए ।

प्रकाशित : 1 September, 2023

प्रतिक्रिया दिनुहोस्