वुमन्स टी२०खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटले विजयी
काठमाडौँ । भदौ १५, आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।
मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो ।
महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो ।
त्यतिबेला १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो ।
बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् । अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।
बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो ।