अनेरास्ववियुद्धारा त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध

सहयात्रा टिभी

काठमाडौँ । भदौ १५, अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटीले इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ ।

अनेरास्ववियुले शुक्रबार विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कवृद्धि पूर्ण रुपमा खारेज हुनुपर्ने, सबै प्रदेशमा आईओई/आईओएमसँग सम्बन्धित १/१ वटा पूर्ण आंगिक क्याम्पसहरु स्थापना गर्नुपर्ने, प्रधानमन्त्री, शिक्षामन्त्री त्रि.वि.को कुलपति र सह–कुलपति हुने व्यवस्था खारेज हुनुपर्ने र त्रिवि पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग राखेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।

 

प्रकाशित : 1 September, 2023

प्रतिक्रिया दिनुहोस्