सुधार गृहमा व्यवस्थापनको लापरवाहीले बालकको मृत्यु भएको पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । भदौ १५, भक्तपुरस्थित बाल सुधार गृहमा एकजनाको मृत्यु भएको घटनामा सुधारगृह सञ्चालन गर्ने संस्थाको लापरवाही देखिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को अध्ययनले पुष्टि गरेको छ ।


इन्सेकले एक प्रतिवेदन सार्वजनिक गर्दै एकजनाको मृत्यु भएको र सुधारगृहभित्र रहेका बालबालिका बाहिर भागेको घटनामा सुधारगृह सञ्चालन गर्ने युसेप नामक संस्थाको लापरवाही देखिएको औल्याएको हो ।

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो । सुधारगृह प्रशासनको बेवास्ताका कारण १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको टोलीको निष्कर्ष छ ।

 

प्रकाशित : 1 September, 2023

प्रतिक्रिया दिनुहोस्