नेपालले भुटानमाथिको जितसहित सेमिफाइनलको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित नेपालले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।

भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजित रहिन् ।

भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । छिरिङ जाङ्मोले ६ रन बनाइन् ।

नेपालका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीले समान १/१ विकेट लिए ।

नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ ।

 

 

प्रकाशित : 3 September, 2023

प्रतिक्रिया दिनुहोस्